• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

पुजारीलाई जिउँदै जलाइयाे


असाेज २४, काठमाडाैं । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ।

बीबीसी हिन्दीका अनुसार राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको हो।

जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृ’त्यु भएको छ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार