• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

दोहोरी गीत प्रतिष्ठान सल्यानकोे बार्षिक साधारणसभा सम्पन्न


असोज २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन पछिको पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठानको अध्यक्ष गिता खड्काको अध्यक्षता र शारदा नगरपालिका सल्यानकी उपप्रमुख साबित्रा बस्नेत को प्रमुख आथित्यतामा कार्यक्रम संम्पन्न  भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै उपप्रमुख बस्नेतले लोक सांस्कृतिलाई संरक्षण गर्न  आफुले कुनैपनि  कसर बाँकि  नराख्ने बताएकी छन् । पछिल्लो समय पुरानो परम्परागत सांस्कृति हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दै, यसको संरक्षण र पर्वद्धन गर्ने जिम्मेवारी स्थानिय तहको भएको भन्दै उनले यसको लागि जिल्लाको शारदा नगरपालिकाले पहल गरीरहेको बताएकी छन् ।

उनले भनिन्, ‘लोक दोहोरी प्रतिष्ठानले  लोक सांस्कृति तथा पारम्परागत सांस्कृति जर्गेना गर्ने कुरामा एजेण्डा ल्याएर आउनुहोस जिल्लामा छलफल गरौं म साथ दिन र सहयोग गर्न तयार छु ।’

त्यस्तै कार्यक्रम शुभकामना दिदै बिशिष्ठ अथिति प्रतिष्ठान कर्णाली प्रदेशका प्रबक्ता तथा सल्यान शाखाका नि वर्तमान अध्यक्ष यम थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानलाई यहाँसम्म ल्याउनाको लागि आफुले ठुलो संघर्ष गरेको बताएका छन् । उनले आफु दुई कार्यकालसम्म अध्यक्ष हुदा जिल्लाको कुनै पनि व्यति, तथा निकायले साथ नदिएको गुनासो समेत गरे ।

त्यस्तै प्रतिष्ठान सल्यानका सल्लाहकार तथा प्रशिक्षक जनकलाकार भिम मल्ल कुमाखीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानले जिल्लामा भर्खर भर्खर पाइला चाल्न थालेको बताएको छन् । बिगत १० बर्ष पहिले देखि जिल्लामा प्रतिष्ठानको स्थापना भएपनि त्यति क्रियाशिल नभएको र पछिल्ला गतिबिधि देखेर अब केहि आशा पलाएको उनले बताए

सल्लाहकार सुरेन्द्र बुढाले कला सांस्कृति संरक्षणका लागि स्थानिय तहले कुनै पनि चासो नदेखाएको बताएका छन् । उनले भने अब कला सांस्कृति संरक्षण गर्ने जिम्मेवारी स्थानिय तहको हो प्रतिष्ठान स्थानिय तहसंगको सहकार्यमा अगाडि बढ्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा  सल्लाहकार जेवि बुढाथोकी, शिक्षक महासंघ सल्यानका सचिव गोवर्धन रेउले, दलित नागरिक समाज सल्यानका  महासचिव सन्तोष विटालुले, शुभकामना मन्तव्य राखेका थिए । प्रथम उपाध्यक्ष प्रेमनारायण विकको स्वगत मन्तव्यबाट सुरु भएको भएको कार्यत्रममा प्रतिष्ठानको कामकार्वाहिको बारेमा महिला उपाध्यक्ष दिपा ओलीले जानकारी गराएकी थिईन भने, प्रतिष्ठानका सचिव नोखिराम थापाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष रेग्मिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

होटल प्याराडाईज श्रीनगर सल्यानमा भएको कार्यक्रममा प्रतिष्ठानका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको संञ्चालन सचिव नोखिराम थापाले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार