• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

पत्रकारहरु थाल ठटाउँदै बालुवाटर पुगेपछि…


असाेज २७, काठमाडौँ । सञ्चार गृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटर पुगेका छन् ।

नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समिति तथा सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो ।

श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारी महामारीको यो समयमा थप मारमा परेको तर सरकारले भने कानून कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्रदर्शन गर्नु परेको आन्दोलनकारीको भनाई छ ।

उनीहरुले ‘खै सरकार कता छ ?’ भन्ने प्रश्नसहितका ब्यानर बाकेर प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले कानून नमान्ने सञ्चारगृहको सूचि सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार