• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

रचना र सम्राटको ‘पौने चारमा’ पल,सुधिर र श्रेया फिचर्ड (भिडियोसहित)


असोज,२७ दाङ । गायिका रचना रिमाल र गायक सम्राट चौलागाईको नयाँ गीत ‘पौनै चार’ सार्वजनिक भएको छ । जुन गितको शब्द लेखु सहयात्रीले लेखेका हुन । दिपक शर्माको संगीत रहेको गितमा उदयराज पौडेलको एरेन्ज छ ।

नवराज उप्रेती र रविन्द्र न्यौपानेले छायांकन गरेको भिडियोलाई विर बहादुर थारुले सम्पादन गरेका छन । जुन गितको भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका हुन । भिडियोमा पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला फिचर्ड छन ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार