• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

बामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा के भयाे ?


असाेज २८, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयपछि सर्वोच्च अदालतमा परेको मुद्‍दाको आज पनि सुनुवाई स्थगित भएको छ।

न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले सुनुवाइ स्थगित स्थगित भएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाउँदै यसको सुनुवाई संवैधानिक इजलाशबाट गर्न आदेश दिएका थिए ।

तर, न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्‍दा संवैधानिक इजलाशमा पूर्ण रूपमा छलफल हुन पाएको छैन । प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार