• २०७७ कार्तिक १० गते सोमवार
  • Preeti To Unicode

सिर्जना खत्री र मिष्टर आरजेको ‘एक्स लभ’ (भिडियोसहित)


रोशन घर्ती,असोज २९ काठमाडौँ । आम नेपालीमाझ लोकप्रिय बन्न सफल हाउडेमाया उर्फ सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक भएको छ । गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ । एक्स लभ फरक खालको प्रस्तुति भएको निर्माण टिमको भनाई छ । यसअघि माया सिरिज मार्फत लाहुरेमाया,नौटंकिमाया,डबलमाया सफल गीत हुन ।
फरक खालको प्रस्तुति गरेकि एक्स लभ स्रोताले रूचाउछन् कि नाई प्रखाईमा छु’ सिर्जना भन्छिन । गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी विसीले एरेन्ज गरेका हुन । गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार