• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

ब्रेन ट्युमरबाट ग्रसित सल्यानकी दिपालाई मलेसियाबाट आर्थिक सहयोग


गणेश खड्का

असाेज २९, सल्यान । ब्रेन ट्युमर रोगबाट पीडित सल्यानकी एक महिलालाई मलेसीयाबाट आर्थिक सहयोग भएकाे छ । सल्यानको शारदा नगरपालिका वडा नम्बर १० मदाना भँगारचौर निवासी ३४ बर्षिया ब्रेन ट्युमर रोगबाट ग्रसित दिपा कँवरलाई राेजगारका लागि मलेसिया पुगेका युवाहरुले २५ हजार ६ सय ५५ रुपैँया सहयोग गरेका हुन् ।

मलेसियामा रहेका सल्यानका रोषण कँवरको नेतृत्वमा नेपालका बिभिन्न ठाँउ तथा मलेसियामा रहेका सल्यानी युवाले संकलन गरेको रकम बिहीबार खलंगामा पत्रकार मिना बुढाथाेकीले दिपाका श्रीमान लाेक बहादुर कँवरलाइ हस्तारन्तरण गरेकी हुन् ।

४ बर्ष देखि औषधि सेवन गर्दै आएकी दिपालाई सल्यान, दाङ, नेपालगन्ज, भैरहवा, काठमाण्डौँ लगाएतका अस्पतालमा उपचारको लागि लिएपनि अझै निकाे नभएकाे श्रीमान लोक बहादुरले बताए । डाक्टरहरुले सुरुसुरुमा थाइराइड भएकाे बताएपनि पछि ब्रेन ट्युमर भएकाे खुलेकाे उनले बताए । श्रीमतीको उपचारमा अहिलेसम्म झण्डै ५ लाख रुपैँया सकिएको उनले बताए ।

चिकित्सकले ब्रेन ट्युमर भएको र यसको शल्यक्रिया गर्नुपर्ने बताएको उनको भनाई छ । शल्यक्रिय गर्न झण्डै ३ लाख बढी खर्च हुने तर आफुसँग पैसा नहुदाँ समस्या भएको उनले दुखेसाे गरे । उनले पैसाको जोहो गरेर श्रीमतीको उपचारको लागी काठमाण्डौँ लैजाने तयारी भैरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार