• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा आफ्नै भाइद्वारा दाइको ह’त्या


असाेज ३०, सल्यान ।

सल्यानमा आफ्नै भाइले दाइको ह त्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा दाउरा प्रहार गरी भाइले दाइको ह त्या गरेको वडा अध्यक्ष मानसिं पुरीले जानकारी दिए ।

स्थानीयका अनुसार २० बर्षिय देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको ह त्या गरेको बताइएकाे छ ।

मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको ह त्या गरेको स्थानीयले बताएपछि प्रहरी टोली घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी लक्ष्मण ओलीले बताए ।

बिहीबार साँझ भाइले दाइको ह त्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रवार स्थानीयले फेला पारे । घटनाका बारेमा प्रहरी घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने इन्सपेक्टर लक्ष्मण ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार