• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

घाेराहीका गुण्डा नाइके विकास पुन प’क्राउ


असाेज ३०, दाङ । दाङका गुण्डा नाइके विकास पुन प’क्राउ परेका छन् । पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट प’क्राउ गरेको हो ।

पुनका पुराना मुद्दा भएकाेले पक्राउ गरिएकाे प्रहरी श्राेतले जनाएकाे छ । उनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइकेको पहिचान बनाएको प्रहरीकाे भनाइ छ । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले पनि पुन प’क्राउ परेको पुष्टि गरेका छन् ।

‘हामीले उहाँलाई त्यस्तै एउटा कुराको लागि सोधपुछ गर्न भनेर ल्याएका छौं,’ चन्दले भने। पुनविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यही मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका हुन ।

को हुन् विकास ?

प्रहरीका अनुसार विकास साविकको राप्ती अञ्चलमै नाम चलेको कुख्यात गुन्डा हुन् । उनी पहिले प्रहरी ईनकाउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका राप्ती अञ्चल कमान्डर थिए । उनले घैँटेकै आडमा राप्ती अञ्चलमा गुन्डागर्दी गर्थे ।

गिट्टी बालुवा र मुर्ती तस्करी देखी ठेकेदार र व्यापारीसँग पैसा असुल्ने उनको मुख्य पेशा हो । विकासको पनि घैँटेको जस्तै पैँसाको बिटोमा सुत्ने शौख छ । पैसाको बिटोमा बसेको उनको तस्बिर केहिबर्ष अघि सार्वजनिक भएको थियो ।

घैँटे मारिएपछी उनि पोखरामा गुन्डागर्दी गर्ने एलजी समूहसँग नजिक छन् । उक्त समूहका नाइके पूर्णे तालु विकासका मुख्य कमान्डर हुन् । पूर्णे तालु काठमाडौंलाई आधार इलाका बनाई गुन्डागर्दीमा सक्रिय छन् ।

दाङको घोराहीमा बस्ने विकास पछील्लो समयमा भने दाङमा कमजोर भएका थिए । उनकै सहयोगी बावु पुनले समेत उनलाई एकबर्ष अघी छोडर छुट्टै समूह बनाएपछी विकास कमजोर बनेका हुन् ।

कुनै बेला विकासको बडीगार्डका रुपमा परिचित उनै बावुले विकासको कन्चटमा पेस्तोल राखेर मरनासन्न हुनेगरी कुटपीट गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार