• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

रेम्डेसिभिर औषधि आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति


असाेज ३० काठमाडाैं । सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

सरकारले नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडाैं तथा भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको हो ।

कोरोनाको उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएकोले अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औषधि प्रयोगमा ल्याएको सरकारले जनाएको छ ।

तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भने रेम्डेसिभिर नामको औषधिले कोरोना सङ्क्रमितको स्वास्थ्यमा कुनै सुधार ल्याउन नसकेको जनाएको छ ।

डब्ल्यूएचओले गरेको अध्ययनमा यो औषधिको कुनै प्रभाव नदेखिएको पाइएको विवरण फाइन्यान्सियल टाइम्सले प्रकाशन गरेको हो ।

११ हजार बिरामीमा प्रयोग गर्दा यो औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार