• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

बला’त्कारी संगठन नामक फेसबुक ग्रुप चलाउने व्यक्ति काे रहेछन् ? जाे पक्राउ परे


असोज ३०, काठमाडौं ।

‘बला त्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने एक जना व्यक्तिलाई प्रहरीले प क्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् ।

उनलाई नवलपरासीमा प क्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरो श्राेतले बतायाे । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बला त्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको  बताए । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिनसकेको बताए ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार