• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

बला’त्कार गरेको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध पक्राउ


कार्तिक १, सल्यान । बला त्कार गरेको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प’क्राउ परेका छन् ।

सल्यानको छत्रेश्वरी गाउँपालिका निवासी ५५ वर्षीया बोल्न नसक्ने महिलालाई बला त्कार गरेको आरोपमा सोही गाउँका ७० वर्षिय वृद्ध प’क्राउ परेका हुन् ।

शनिवार दिउँसो ती वृद्धले महिलालाई बला त्कार गरेको भन्ने सुचना प्रहरीमा आएपछि शनिबार बेलुका नै वृद्धलाई घरबाट प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्ष्मण ओलीले बताए ।

आ’रोपित वृद्धको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता ओलीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार