• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

सामान किनमेल गर्न बुबाछाेरी साइकलमा आउँदै थिए, बाटैमा टिप्परले उडायाे


कात्तिक २, दाङ ।

दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा एक जनाको मृ त्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि दाङको गढवा गाउँपालिका वडा नम्बर १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमालको मृ त्यु भएको छ । उपचारका लागि लमही तर्फ ल्याउँदै गर्दा उको बाटोमै मृ त्यु भएको प्रहरीले बताएको छ ।

दूर्घटनामा परि जमुनाका बाबु ५९ बर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन् । गम्भीर अवस्थाका बुद्धिरामलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएकाे छ । जमुनाकाे शवलाई भने स्वास्थ्य चौकी भालुवाङमा राखिएको छ ।

आइतवार दिउँसो करिव १ बजेतिर पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्वरको टिप्परले साईकल मार्फत पश्चिम भालुवाङ तर्फ आउँदै गरेका बाबु छोरीलाई ठक्कर दिएको थियो ।

‘अर्को टिपर पनि आइरहेको रहेछ,’ ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले भने ‘ त्यसैले साइकलमा सवार बाबु छोरी बीचमा परेछन् र उनीहरू लडेपछि टिपरले ठक्कर दिएको देखिन आएको छ।’

प्रहरीका अनुसार घरबाट सामान किनमेल गर्नकाे लागि बाबुछाेरी साइकलमा भालबाङ बजार आउँदै थिए । बुबाले साइकल चलाएका थिए भने छाेरी पछाडी बसेकी थिइन् ।

घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा भएको पोखरेलले बताए। दाङकाे गढवा गाउँपालिकाबाट भालुबाङ आउनकाे लागि बीचमा केहि भाग अर्घाखाँची जिल्लाकाे पर्छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार