• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

मध्यरात आएको त्यो डरलाग्दो म्यासेस !


कार्तिक ३, काठमाडौँ ।

अर्को सूचना नभएसम्म घरबाट ननिस्किनु भन्दै पीएससी नामक एक संस्थाबाट त्रास फैलाउने खालको म्यासेस आएको छ।

‘नेपाल सरकार सुरक्षा पोर्टल सूचना’ नाम उल्लेख भएको सो म्यासेस राती एक बजे हजारौं मानिसहरुलाई आएको हो । जसले सर्बसाधरणमा त्रास फैलाएको छ ।

राती एक बजे आएको उक्त म्यासेसमा नेपाल–भारत सीमामा आउँदै गरेको खतराहरुको संकेत भन्दै अस्पताल बाहेकका सबै कार्यलय बन्द गर्न भनिएको छ ।

सो म्यासेसमा आकस्मिक कर्फ्यू लगाइएको भनिएको छ । यसबारे नेपाल पोलिसलाई सम्पर्क गर्दा यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

हेर्नुहोस त्यो कस्तो म्यासेस आएको थियोः

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार