• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा ६ वर्षीय बालिका बला’त्कार गरेर फरार रहेका अभियुक्त १२ बर्षपछि पक्राउ


कार्तिक ४, सल्यान ।

सल्यानमा ६ वर्षीया बालिकालाइ बला त्कार गरि फरार रहेका अभियुक्तलाइ प्रहरीले १२ वर्षपछि प’क्राउ गरेको छ ।

जिल्लाकाे कालिमाटी गाउँपालिका वडा नं. २ निवासी २९ वर्षीय नारायण प्रसाद कंडेललाई जिल्ला प्रहरी कार्यालय सल्यानले प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

२०६५ चैत्रमा बला त्कार गरेर फरार रहेका कंडेललाइ घटना भएको १२ बर्षपछि साेमबार कालिमाटी गाउँपालिकाबाट लुकिछिपी बसेको अवस्थामा प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण ओलीले जानकारी दिए ।

सर्बोच्च अदालतले गरेको २०७४ चैत ६ गतेको फैसलामा निजलाई २ बर्ष ६ महिना कैद तोकिएको छ । बडादशैंको बिदा भई अदालत बन्द भएकाले हाल कानुन बमोजिम जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको प्रवक्ता ओलीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार