• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

बागचाैर नगरपालिकाद्वारा म्याद सकिएर पसलमा बेच्न राखिएका सामान नस्ट


Author Logo..
कमल डाँगी

कमल डाँगी/ कार्तिक ४, सल्यान । दशै नजिकिए सँगै सल्यानकाे बागचाैर नगरपालिकाले पसलमा म्याद सकिएर बेच्न राखिएका सामानहरु नष्ट गरेकाे छ ।

नगरकाे थारमारे  र कालाखेत बजारलाइ मंगलबार अनुगमन गर्दै नगरपालिकाले म्याद सकिएका २० हजार मुल्य बढिकाे सामान नस्ट गरेकाे हाे । नगर उपप्रमुख कल्पना पुनकाे संयाेजकमा गएकाे टाेलीले विषेशगरी औंषधि, पेयपदार्थ, चाउचाउ, चक्लेट, मिठाइहरु नस्ट गरेकाे हाे ।

त्यस्तै नगरपालिकामा दर्ता नभएर संचालन भएका एक दर्जन बढि पसलहरु भेटिएकाे र तिनलाइ नगरमा दर्ता गर्न आग्रह गरिएकाे नगरका कार्यक्रम अधिकृत पुर्ण ओलीले बताए । अनुगमन कार्यक्रममा नगरपालिकाका कर्मचारी, प्रहरी, पत्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

नगरपालिकाले सधै नगरपालिकाकाे कार्यालय वरपरका मात्रै पसलहरु अनुगमन गरेपनि दुरदराजका पसलहरु भने अनुगमन गर्न सकेकाे छैन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार