• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको मौलोहालेमा पहिलोपटक बिजुली पुगेपछि स्थानीयहरु हर्षित


प्रकाश शर्मा

प्रकाश शर्मा/ कार्तिक ५, सल्यान ।

सल्यानको दार्मा र कुमाख गाउँपालिकाको सिमाना बजार माैलाेहालेमा पहिलोपटक बिजुली बत्ती पुगेको छ । यहाँ बिजुली पुगेपछि मंगलबार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले संयुक्त रुपमा बत्तीको स्वीच अन गरेर उद्घाटन गरेपछि बिजुली बत्ती बलेको हो । यहाँ बत्ती बलेपछि स्थानीयहरु हर्षित भएका छन् ।

कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बजारबासीहरुकाे आवश्यकतालाई ध्यानमा राखी खानेपानी तथा सडक स्तर उन्नतिका लागि पहल भैरहेको बताए ।

त्यस्तै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले देश संघियतामा गएकाले जनताले विकासकाे अनुभूति गरेकाे बताउदै जनताकाे आवश्यकता अनुसार स्थानीय सरकारले विकास गर्ने बताइन् ।

कार्यक्रममा कुमाख गापा उपाध्यक्ष डिल्लीराज जैसी, दार्मा गापा उपाध्यक्ष टीका शर्मा ओली, दार्मा ४ का वडाध्यक्ष चन्द्र बहादुर रावत, कुमाख ६ का वडाध्यक्ष बिरवल शर्मा , नेकपाका जिल्ला कमिटी सदस्य अनन्त प्रसाद शर्मा, नेकपा दार्मा गाउँ कमिटी अध्यक्ष असबिर बुढाथोकी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

बजार ब्यबस्थापन समिति अध्यक्ष अमर बाेहाेराकाे अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमकाे संचालन खड्ग शाहले गरेका थिए भने कर्ण बहादुर बाेहराले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार