• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्रहरीलाइ नै गोली ताकेपछि…


कार्तिक ५, काठमाडाैं । चेकजाँचको क्रममा प्रहरीमाथि गोली चलाएका एक जना भारतीय नागरिक प’क्राउ परेका छन् ।

बारा प्रहरीले एक जना भारतीयलाई पेस्तोलसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो। चेकजाँचको त्रममा उनले प्रहरीलाई फायर गरेपछि प्रहरीको जवाफी फायरिङमा भारतीय नागरिक वृजकिशोर कुसवाह घाइते भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रहरीमाथि उनले गोली प्रहार गरेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसहित पाँच वटा गोली बरामद गरिएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार