• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

तरुण दलले गर्यो सल्लि बजार सरसफाइ


आनन्द बस्नेत,कार्तिक,६ /सल्लि बजार । हाम्रो सभ्यता हाम्रो सान स्वच्छ बजार हाम्रो अभियान नाराका साथ बनगाड कुपिन्डे नगरपालिकाको मुख्य बजार सल्लि बजारलाई बनगाड तरुणले सरसफाइ गरेको छ । महान चाड बडादसैको अबसर पारेर बजार सरसफाइ गरेको हो ।

बनगाड तरुणका अध्यक्ष बिजय बस्नेतका अनुसार लामो समय भैसक्यो बजारमा फोहोर भयको नगर पालिक तथा जनप्रतिनिधि कसैलेनि चासो दियका छैनन अब हामि युवाले गर्नुपर्छ भन्दै यहाका जनप्रतिनिधि आफुले साझ बिहान चिया खाने गर्छ्न तर त्येहि चियापसलको अगाडी फोहर भएको देख्दैनन ।

तरुण दल नगर कार्य समितिले राखेको सरसफाइ कार्यक्रममा नगर सभापति टोब बहादुर भन्डारि, नगर शिक्षकसंघ अध्यक्ष सुरेन्द्र खड्का,जिल्ला कार्य समिति सदस्य दुर्गा खड्का, उध्योग बाणिज्यसंघ जिल्ला उपाध्यक्ष भुपाल साहु, ६ नम्बर वडा अध्यक्ष पुरुसोतम आचार्य लगायतको सहभागिता थियो । सरसफाइ कार्यक्रम सल्लि बजारका सबै स्थान माथिल्लोबजार, गैरि बजार, चोक, शितल बजार र बसपार्क सबै ठाउँमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार