• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

गैँडाको खाग सहित शिक्षक प’क्राउ


                                              कार्तिक ७,काठमाडौं । भविष्यका कर्णधार मानिने विद्यार्थिलाई असल बन्न सिकाउने पेशा अंगालेका एकजना शिक्षक नै खाग तस्करीमा लागेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खागसहित काठमाडौंको कपनमा पढाउने शिक्षक राजेन्द्र रिजाललाई प’क्रेको छ ।

सुनसरीको इनरुवा नगरपालिका–७ घर भएका ४९ वर्षीय रिजाललाई गैंडाको खाग सहित चुच्चेपाटीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी स्थित पासाङ ल्हामु चोकबाट गैंडाको खाग बेच्न हिँडेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । गैंडाको खाग झापा हुँदै काठमाडौं ल्याएर बेच्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार