• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

किन हुन्छ बला’त्कार , खै त न्याय ?


भुवन के.सी. देशमा हिजोआज तीब्र रूपमा भैरहेको बला’त्कारको खबरले मन सारै दुख्यो अनि केहि मनमा लागेका कुराहरु लेख्न मन लाग्यो हुन त यस्ता शब्दहरु , यस्ता कुराहरु कतिले लेखे, कतिले बोले कतिले त आन्दोलन समेत गरे केहि फरक परेन किनभने हाम्रो देशका माहाराजहरुका आँखा अन्धो भएको छ,कानमा फोहोर भरिएर नसुन्ने भएको छ ,दिमागमा गोबर भरीएको छ, नियम कानुन भन्दा पैसा अनि पावर र पहुँचमा चलेको छ हाम्रो नेपाल, अस्थिर राजनीति र भ्रष्ट नेताहरुले बिग्रारेका छ्न नेपालमा आफ्ना मान्छेहरुको अपराध लुकाएर सोझो सिदा गरिबको छोराछोरी लाई कार्बाही गर्न मेरो देश ,अनि हामी युवाहरु पनि उस्तै त्यही नारी अनि त्यही बालिकाहरु माथि परेको नजर,ती नारीहरुको छोटो कपडामै अडिएको हामी युवाहरुको दिमाग् । सोच्दा सुन्न्दा वाकदिक लाग्छ अनी छक्क पर्दै सोच्न थाल्छु।

हिजोआज हाम्रो यो हाम्रो शान्तिभुमि नेपालमा यो के अशान्ति चलिरहेको छ। भन्न अनि सुन्न पनि लाज लाग्छ , टिभी हेर्छु बला’त्कार, रेडियो सुन्छु बला’त्कार ,समाजिक संजाल चलाउछु बला’त्कार ,गाउँघर,शहर बजार डुल्छु बला’त्कार ,जताततै बला’त्कार रै बला’त्कार कतै मन्दिर भित्र, कतै जगलको झाडी भित्र कतै त झन घर भित्रै भएको छ। कतै आफ्नै बाउ कतै आफ्नै दाजुभाइ कतै आफ्नै भनिने बाट कतै ठुला थाली ठान्नेहरुबाट भएको छ । यी कार्यगर्ने ब्यक्ती पक्कै होलान् र त जंगली पात्र कहाँ छ्न यस्ता जंगली मान्छे कहाँ छ्न होलान् यस्ता असली शुपुत्र सोच पनि कति महान छ है तिम्रो त मित्र ।
मलाई त सुन्दै लाज लाग्छ झन तिमिलाई मुख देखाउन कस्तो लाग्ला एकपटक सोच त । किन गर्छौ यस्तो अपराध किन दिन्छौ बिचारा आमा बा लाई दुख के पाउछौ र लिन्छौ ज्यान नारीहरुको कुपुत्र कसरी सम्बोधन गरौं यस्तो महान अपराध गर्नलाई मित्र कसरी बुझाउ सकिन्छ र यस्ता महान सोच राख्ने तिमी असली कुपुत्रलाई, तिम्रो घरमा पनि त होलान् नि है नारी त मित्र ,अनि त्यो अपराध गर्दा एकपटक सम्झिएनौ त तिम्रो घरमा भएका नारीहरुको चरीत्र
सरकार नभएको देश जस्तो लाग्छ,कुनै कानुन नभएको देश जस्तो लाग्छ ,कानुनको कार्यनयन गराउन कमजोर देश भन्न रुचाउछु म त नत्र भने यस्ता अपराधीलागि सजाय खै त ? कति आमा रुन्छीन ,कतिका बा रुन्छ्न बिचारा सडकमै आन्दोलन गर्छन् कोहि कसैले मतलब गर्दैन ।अनि बिस्तारै बिस्तारै भुल्दै भुल्दै जान्छन् । म त भन्छु हाम्रो देशमा जे गरेनी छुट छ। नत्र भने खै अहिलेसम्म कहाँ छन त निर्मलाका अ’त्यारा मित्र। अनि कहाँ छन त मन्दिरमा फालिएकी बझाङकि समझना बिश्वकर्मका ह’त्यारा यिनि दुई त उदाहरणका पात्र मात्रै हुन यस्ता धेरै नारीको ज्यान गयो गयो हाम्रो नेपालमा
आजभोलि सबै जनताको ध्यान कोरोना महामारी बाट कसरी सुरक्षीत हुने र ज्यान बचाउने भन्ने तिर छ नेपाल सरकारका जनप्रतिनिधिहरुको ध्यान भने कुर्सी र देश लुट्न अनि भ्रष्टाचार गर्ने तिर छ। कहिले हुन्छ त अब हाम्रो नेपालमा प्रगति आफुले आफुलाई महान ठान्नेहरु देश चलाउछु भन्दै लुट्न थाले, युवा जनशक्तिहरु भने बिदेशी दौडन थाले कहिले पाउछ्न अब बला/त्का’र बाट पीडितले न्याय कसरी पाउछ्न अब जनजाति भनी हेपिने दलित न्याय ,कहिले हुन्छ हाम्रो नेपालमा निश्पक्षपुर्ण न्याय कहिले हुन्छ, सबैलाई सम्मानपुर्ण ब्यवहार,गर्न बाताबरण सिर्जना यस्तै यस्तै प्रश्न मेरो मनमा बारम्बार घोचिरहन्छ । लोकतन्त्र आयो ,गणतन्त्र आयो घर घरमा सिहदरबारआयो तर अपराधीलाई स्वतन्त्र काराबाही गर्ने निकाय आएन बला’त्कारीलाई रोक्ने कुनै कानुन आएन छोरीचेली दिदीबहिनीलाई स्वतन्त्रता पुर्बक हिडन मिल्ने न्याय आएन सत्य तथ्य बोल्ने अनि कार्य गर्न कुनै जनप्रतिनिधि आएन भ्रष्टचार नगरे र कुनै बिकास आएन ।।।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार