• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

छोराले बुबालाई घरको छतबाट फालेर ह’त्या गरेपछी…


कार्तिक ८, दाङ । आफ्नै बुबालाई घरको छतबाट फालेर ह’त्या गर्ने छोरालाई दाङ प्रहरीले प’क्राउ गरेको छ ।

जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिवार बिहान आफ्नै ४५ बर्षीय बुबा बालाराम बिकलाई घरको छतबाट फालेर ह’त्या गरेको अभियोगमा प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्ने विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृ’त्यु भएको थियो ।

घटनाबारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार