• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

माटोको ढिस्कोले पुर्दा जाजरकोटमा दुई जनाको मृ’त्यु, दुई जना महिला घा’इते


कार्तिक ९, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुर्दा एक किशोरीसहित दुई जनाको मृ’त्यु भएको छ थप दुई जना महिला घा’इते भएका छन्।

घाइतेमध्ये छेडागाड नगरपालिका वडा नं. ३ दशेरा चुवा निवासी १७ वर्षीया किशोरी आरती दाहाल र ३० वर्षीया सितला जैसीको उपचारका क्रममा दशेरा प्राथमिक स्वास्थ्य चौकीमा मृ’त्यु भएको छ।

दाहालको दिउँसो १२ बजेर २५ मिनेटमा र जैसीको विहान ११: १० बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए।

उक्त घटनामा परी सोही ठाउँकी २४ वर्षीया सरिता जैसी र छेडागाड नगरपालिका वडा नं. ४ की ५१ वर्षीया धनसरा चदरा घाइते भएका छन्।

घाइते दुबै जनालाई थप उपचारका लागि साढे १२ बजेतिर नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेत लगेको छ।

प्रहरी स्रोतका अनुसार बाहिरबाट नियाल्दा घाइते जैसी र चदराको अवस्था सामान्य छ। भित्री चोट हुन सक्ने आशंकामा उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको प्रहरी अधिकारीले बताए।

शनिबार बिहान साढे ८ बजेतिर दसैंका लागि घर लिप्ने माटो खन्न खड्डा (खाडल)मा पसेर माटो खनिरहेका चार जनालाई माथिबाट खसेको ढिस्कोले पुरेको थियो।

अझै पनि गाउँ घर र दूरदराजका भूगोलमा चाडपर्वमा कमेरो तथा सेतो माटोले घर लिप्ने प्रचलन रहेको छ।

तर, त्यसरी माटो खन्ने क्रममा वर्षेनी धेरै महिलाहरूको ढिस्कोले पुरिएर मृ’त्यु हुने गरेको छ।

कतिपय अंगभंग भई आस्रित जीवन गुजार्न बाध्य भएका छन्।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार