• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्युठानमा बाँदरलाई हानेको गोली लागेर एकको मृ’त्यु


कार्तिक ११, प्युठान । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लाग्दा आज एक वृद्धको मृ’त्यु भएको छ ।

घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले आज बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार