• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

‘हात धोएर मात्रै होइन, आगोमा सेकेर कोरोना भाइरस मारौं’


धन बहादुर विक

धन बहादुर विक

आँखाले देख्न नसकिने तर विश्वमा आतंक मच्चाई रहेको कोरोना भाइरस चीनको बुहान सहरबाट उत्पन्न भएर समस्त विश्वभर भयावह अवस्थामा फैलिरहेको छ । जसले गर्दा विश्व पिडामा छ ।

म कुनै डाक्टर हैन र उच्च पदस्थ ब्यक्ति पनी हैन । म समस्थ विश्वमानव परिवारको एक सदस्य, नेपाल देशको सामान्य नागरिक तथा रुढीबादी, अन्धबिश्वास र अशिक्षाका कारण आफुजस्तै अर्को मानवबाट भएको विभेद सहेर बाँचेको मानव हुँ ।

तर प्रकृित एवम् सृष्टिले दिएको चेतनाअनुसार आफु र आफनो घर परिवार तथा सम्पूर्ण मानव बचाउन समस्त प्राणी जगतलाई बचाई रहेको पदार्थ, ठोस, तरल र ग्यास तथा आगोलाई घरेलु बिधिको जिम्मेवार बनाई त्यसलाई ब्यवस्थित गराउनुको विकल्प छैन भन्ने मलाई लागेको छ ।

यसरी मानवले भोगी रहेको समस्यालाई अनुसन्धान गर्दै जाँदा एकातिर मानव आफै भूत र आफै झाँक्री भएर दोहोरो भुमिका खेलीरहेको वास्तविकता देखिन्छ भने अर्कोतिर जति सक्दो आफुले फाईदा लिन सकिन्छ भन्ने बिचार तिर मानव केन्द्रित भएको देखिन्छ ।

यो भयाबह अवस्था कमिला हो या हात्ती रु  वास्तवमा यो भयाबह अवस्थाको अन्त्यका लागि सोच्ने मानव तथा दर्शनका लागी कमिला हो र भयाबह अवस्थाप्रति संवेदनशिल  नहुनेहरुका लागि हात्ती हो ।

दिन भए पनि मलाई बचाउँ भनि वेहोस भएको विरामी, कोरोनाले छोएको नयाँ विरामी र म पनि त्यो अवस्थामा पुग्छु कि भन्ने मानसिकतामा बाँचेका हामी मानवका लागि यो समय चुनौति र अवसर दुवै हो । यसलाई चुुनौति मानेर होसियार हुनुपर्छ भने अवसर सम्झेर कर्तव्य पुरा गर्नु पदर्छ ।

यसको लागि मैले चुनौतिको सामना गर्दै यसको अन्त्यका लागि कार्य गर्ने अवसर सम्झेर कर्तव्य पुरा गर्न छु । आफु बाँच्नलाई अरुको आवश्यकता पर्दछ ।

अरुको लागि पनि म बाँच्नु पर्छ भन्ने पवित्र आत्मको मर्मलाई शिरोधार गर्दा मानवलाई सक्षमताको आधारमा शक्त तथा होसियार रहने सचेत मानव र अशक्त तथाहोसियार नहुने अचेत मानवमा वर्गिकरण गर्न सकिन्छ । यी दुवै अवस्थाहा मी सामु खडा छ ।

शक्तहरु घरेलु विधि प्रयोग गरेर आफु बाँच्ने र अशक्तहरुलाई बचाउने हो । यदि शक्तहरुले बचाउन नसक्ने अथवा घरेलु विधि प्रयोग गर्न नसक्ने अवस्थाको हो भने त्यस्तो मानव सरकार को हो ।

आजको स्पष्ट खाका नै यहि हो भनेर बुझनु पर्छ । यस बारेमा सुचना प्रवाह गर्ने, कार्यान्वय गर्ने, अनुगमण गर्ने, कार्यान्वयनका लागि दबाबदिने र आफ्नो जीवनमा लागु गर्ने काम हामी सबै मानव जगतको हो ।

भाइरसबाट बच्ने घरेलु विधि

प्रकृतिमा आगो र पानी सर्बत्र पाइने पदार्थ हुन । यी दुवै समस्त प्राणी जंगल लगायत मानवपुर्खाले उपभोग गर्दै बाँच्दै आएका छाैं ।

त्यही आगोले पोल्छ, त्यही आगोले सेक्छ भन्ने जनवोलीअनुसार कोरोना भाइरसलाई पोलेर नष्ट गर्ने र मानवलाई सेकाएर बचाउने दर्शनका साथ प्रत्येक घरमा उपलब्ध भई तयार गर्न सकिने भएकोले यसलाई घरेलु विधिमा प्रयोग गर्न सकिन्छ ।

आगो मै पानी तताउने, त्यसबाट उडेको वाफलाई प्रयोग गर्ने र त्यहि आगोबाट प्रयोगमा आउने सामान र शरिर लगायत अंगहरु तताउने गरिन्छ । यो विधि प्रकृतिवादी र गरिबहरुको औषधि पनि हो ।

अहिलेसम्मको मानव गतिविधि र औषधि पत्ता नलागेको भयावह अवस्थालाई मसिनो तथा सन्तुलित रुपमा विश्लेषण गरेर पैसा नभएपनि प्राण बचाउ भनेर तयार पारिएको विधि हो ।

सेकाउने : बढी प्रयोग हुने मास्क पन्जा हरु जथाभाबी फाल्न हुदैन जलाउनु पर्दछ । यसको उद्देश्य भाईरसलाई ताप दिएर निष्कृय बनाउदै नष्ट गर्नु हो ।

तातो पानी र ताजा खाना खाने : तातो पानी चिया जतिकै तातो पिउने । जो स्वास्थ्यको मापदण्डमा छ । र यस लाई नियमित गर्नु पर्दछ ।

पानीको तातो बाफ : यो बिधि अन्तिम र अती महत्वपुर्ण उपचार हो । अक्सिजन को अभाब तथा श्वासप्रश्वास प्रकृयामा भाईरसको उपस्थिति हुनै नदिने तातो वाफ दिएर मानव बचाउने घरेलु बिधि को मुख्य भाग हो ।

सिद्दान्त: श्वासप्रश्वास प्रणालीमा रहेको कोरोना भाइरसलाई पानीको तातो वाफ त्यसमा पुर्याएर निष्कृय बनाउदै नष्ट गरी श्वासप्रश्वास प्रकृयालाई जीवन्त राख्ने, तातो पानीद्घारा पाचन प्रणालीमा भएका किटाणु नष्ट गर्ने, शरिरको तापक्रम सन्तुलनमा राख्ने, शरिरमा पानीको मात्रा पुर्ति गर्ने र अपच खाद्यपदार्थ पचाउनलाई हो भने आगोद्घारा मास्क पन्जा लगायत हात सेकाएर भाइरस नष्ट गर्नु घरेलु विधिको मुख्य सिद्घान्त हो ।

तरिका : अगेनो, चुलो, स्टोभमा सावधानी पुर्वक पानी १÷२ भल्का उमालेर पानीको भाँडो बाहिर निकालेर भाँडो माथी अनूहार पारी टाउको र भाँडो छोप्ने गरी पछ्यौरीले ढाकेर तापक्रम कम हँुदै जाँदा टाउको भँडोको नजिक लिदै तातोवाफ मुख बन्द गरि नाकबाट भित्री श्वासप्रश्वस प्रकृयामा पु¥याएर विस्तारै मुखबाट फ्याक्ने ।

तातोपानी चिया जस्तै आवश्यकता अनुसार पिउनु पर्छ । वाफ सिकिस्त विरामीले २४ घण्टामा ३ पटक, विरामीको सम्पर्कमा रहेकाहरुले १ पटक लिनुपर्छ भने हात, मास्क र पन्जा बाहिर जाँदा आउदा सेकाएर मात्र धुने । वाफ अनुहारमा पसिना नआउँदा सम्म १०÷१५मिनेट सम्म लिने ।

स्पष्ट : आगो, पानी र वाफ प्राकृतिक स्रोत तर घरैमा उपलब्ध हुन सक्ने भएकोले यसले शरिरमा असर गर्दैन । बरु यसलाई सावधानी पुर्वक उपयोग गर्न सकेमा स्वास्थ्य लाभ बढि हुन्छ ।

यसबाट अहिले अपनाईएका स्वास्थ्यका मापदण्ड माथि हस्तक्षप छैन । अहिले शरिर तताउने स्वास्थ्यको मापदण्ड भित्रको तातोपानी मात्र रहेको छ ।

शरिरमा रहेको श्वासप्रश्वास र बढि चल्तिहुने हात, मुख, नाक ढाक्ने, मास्क सेकाएर भाईरस नष्ट गरि पुर्णता दिएको छ । भाईरसलाई पानीले बगाएर भगाउने हैन तर रोगीमा रहेको भाईरसलाई जलाएर नष्ट गर्ने र मानव बचाउने हो ।

घरेलु विधिबाट हुने तत्कालका फाइदाहरु 

पानीको तातो वाफ श्वासप्रश्वासमा पु¥याउने, हात मास्क सेकाउने बाहेक गाउँ घरमा चिसोका कारण बन्द भएको नाक खोल्ने, रुघा खोकी टाउको दुखेको हटाउने तथा तातो पानीबाट लाभ लिई रहेको अवस्था छ ।

भाईरसका कारण बन्द हुन थालेको श्वासप्रश्वासलाई भाईरसलाई निष्कृय बनाउदै नष्ट गरी सकृय बनाउछ र आगम नहुने भाईरसबाट बचाउछ । यस अनुसार निमुनिया र दमका रोगीहरुलाई राहात पुग्छ ।

तातोपानीको सेवनबाट अपच पचाउने, शरिरको तापक्रम सन्तुलनमा राख्ने, शरिरमा रहेको पानीको अपुर्णतालाई पुर्णता दिन्छ भने बढि औषधि सेवन गर्नेहरुका लागि स्वस्थ पानीले बढि फईदा गर्छ । टाढाबाट घर फर्केपछि अथवा टाढाबाट आएका पदार्थहरु छुने र प्रयोग गरेमा मास्क र हात सेकाउने गरेमा मास्क र हातमा आएका भाईरस नष्ट हुन्छन् ।

दिर्घकालिन फईदा 

घरेलु विधिलाई नियमित रुपले प्रयोग गर्न सकेमा दैनिक जिवन स्वस्थ हुनुका साथै औषधि, यातायात र खानपिनमा खर्च हुने रुपैयाँ, श्रम र समयको वचत हुन्छ ।

रोगले कमप्रवेश गर्ने भएकाले आयु बढ्छ । घरघरमा घरेलु विधिप्रयोग भएमा विश्वबाट भाईरस जन्य रोग अन्त्य भई बन्दाबन्दी खुला हुन्छ । कोरोना भाईरसबाट उत्पन्न समस्याबाट अस्वस्थ भएको मानव स्वस्थहुने वातावरण बन्नेछ ।

ठोस निती निर्माणको लागी सुझाबहरु

पछिल्लो अवधिमा रहेको जटिल अवस्थानै संक्षिप्त यसको पृष्टभुमी हो खोप बनाउन । बन्दाबन्दी खोल्न चेतावनी दिने राष्ट्र सँग र विश्व स्वास्थ्य संगठन छन् भने शक्तिशाली राष्ट्र लगाएत कोरोना ग्रस्त राष्ट्रहरुका सरकार पक्षले मैले राम्रो गरेको छु भनी दाबी गर्ने र बिपक्षले सरकार असफल छ मात्र भन्ने होरबाजी छ ।

अर्कोतिर कोरोना तिब्र रुपले बढीरहेको छ । सरकार के गरौ कसो गरौ भनी अलमलमा परेको अवस्थामा नागरिकहरुले सरकारले सबै तर्फको पहल गर्ने छोडी सक्यो भनेर चिन्ता ब्यक्त गर्दे छन् ।

यस लाई संवेदनशिल भएर विश्लेषन गरी कुर्सी प्राप्तीको खेलबाट माथी उठेर घरमै रही कोरोनालाई जितौं । बन्दाबन्दी खुल्ला गर्नु नै मानवहित हुन्छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार