• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा कोरोनाका कारण ५९ वर्षीय पुरुषको मृ’त्यु


कार्तिक २२, दाङ । दाङ घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृ’त्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृ’त्यु भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो।

संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो।स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार विहान ५ बजेर २५ विरामीको मृ’त्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

योसहित दाङमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार