• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते


कार्तिक २२, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।

हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् ।

उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए । ‘बाहिरी चोट खासै छैन । सिटी स्यानको रिपोर्ट आएपछि अरु कन्न सकिएला’ उनले भने ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार