• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक कोरोना संक्रमितको मृत्युु


कार्तिक २३, सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा पहिलो व्यक्तिको मृत्युु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका ६८ वर्षीय चित्र बहादुर भण्डारीको कोरोना संक्रमणबाट मृत्युु भएको शारदा नगरपालिका स्वास्थ शाखाले जनाएको छ । केहिदिन अगाडि ज्वरो, रुघाखोकी लगाएतले च्यापेपछि उनलाई उपचारका लागि दाङ लगिएको थियो ।

स्वास्थ अवस्था जटिल बन्दै गएपछि दाङबाट उनलाई कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा स्वाव संकलन गरेर उनलाई उपचार थालिएको थियो । तर अस्पताल भर्न गरेको भोलिपल्टै शुक्रबार उनको मृत्युु भएको शारदा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बुढाथोकीले बताए ।

उनको शुक्रबार मृत्युु भएपछि शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनका कारण ज्यान गुमाएका ति व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत वडा कार्यालयले विज्ञप्ति जारी गरेर आग्रह गरेको छ ।

याे पनिःसल्यानकाे श्रीनगर बजार एक हप्ताका लागि सिल

सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार एक हप्ताका लागि सिल गरिएकाे छ । कोरोनाकाे अवस्था जटिल हुँदै गएकाेले बजारलाइ एक हप्ताका लागि सिल गरिएकाे शारदा नगरपालिका वडा नम्बर १ ले जनाएकाे छ ।

श्रीनगर नजिकै रहेकाे दारिमचाैर गाउँका एक जनाकाे काेराेनाबाट मृत्यु भएकाे र श्रीनगरका केहि व्यापारीलाइ लक्षणसहितकाे काेराेना पाेजेटिभ भइ सिकिस्त विरामी भएपछि बजारलाइ कार्तिक २३ गतेदेखि कार्तिक २९ गते सम्म सिल गरिएकाे शारदा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बुढाथाेकीले विज्ञप्ति जारी गरेर जनाएका छन् ।

श्रीनगर सहित शान्तिनगर, शितलपाटी हुँदै बेलघारीसम्मकाे बजार बिहान ६ बजेदेखि १० बजेसम्म खाेल्ने र त्यसबाहेककाे अन्य समयमा बन्द गर्ने वडा कार्यालयले जनाएकाे छ । स्वास्थ्य र पेट्राेल पम्प भने दिनभर नै खुल्ला रहने भएकाे छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार