• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

शिवजन माविले स्थगित गर्याे कक्षा ११ काे परिक्षा


कार्तिक २३, सल्यान ।  सल्यानकाे शारदा नगरपालिका १ शितलपाटीमा रहेकाे शिवजन माविले संचालन गरेकाे कक्षाा ११ काे वार्षिक परिक्षा स्थगित गरेकाे छ ।

कार्तिक २१ गतेदेखि सुरु भएकाे कक्षाा ११ काे परिक्षा २ दिन संचालन भएर २३ गतेबाट अर्काे सुचना प्रकाशन नहुँदासम्म स्थगित गरिएकाे प्रधानध्यापक हिरालाल नेपालीले बताए ।

शारदा नगरपालिका वडा नम्बर १ ले २३ गतेदेखि श्रीनगर लगाएत वरपरकाे क्षेत्रमा सिल गरेपछि शिवजनमा परिक्षा पनि स्थगित भएकाे हाे । कक्षाा ११ काे परिक्षा सँगै विद्यालयमा भैरहेकाे पढाइ पनि बन्द गरिएकाे विद्यालयले एक सुचना जारी गरेर जनाएकाे छ ।

अहिले सल्यानमा केहि विद्यालयहरुले कक्षा ११ काे परिक्षा संचालन गरिरहेका छन् । केहि विद्यालयले भने पहिलेकाे परिक्षाकाे आधारमा आन्तरिक मुल्याङकन गरेर नतिजा दिने तयारी गरेका छन् ।

याे पनिः सल्यानकाे श्रीनगर बजार एक हप्ताका लागि सिल

सल्यानकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार एक हप्ताका लागि सिल गरिएकाे छ । कोरोनाकाे अवस्था जटिल हुँदै गएकाेले बजारलाइ एक हप्ताका लागि सिल गरिएकाे शारदा नगरपालिका वडा नम्बर १ ले जनाएकाे छ ।

श्रीनगर नजिकै रहेकाे दारिमचाैर गाउँका एक जनाकाे काेराेनाबाट मृत्यु भएकाे र श्रीनगरका केहि व्यापारीलाइ लक्षणसहितकाे काेराेना पाेजेटिभ भइ सिकिस्त विरामी भएपछि बजारलाइ कार्तिक २३ गतेदेखि कार्तिक २९ गते सम्म सिल गरिएकाे शारदा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बुढाथाेकीले विज्ञप्ति जारी गरेर जनाएका छन् ।

श्रीनगर सहित शान्तिनगर, शितलपाटी हुँदै बेलघारीसम्मकाे बजार बिहान ६ बजेदेखि १० बजेसम्म खाेल्ने र त्यसबाहेककाे अन्य समयमा बन्द गर्ने वडा कार्यालयले जनाएकाे छ । स्वास्थ्य र पेट्राेल पम्प भने दिनभर नै खुल्ला रहने भएकाे छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार