• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

ओली समुहकाे कुटाइबाट ज्यान गुमाएका मुकेशको श्रद्वाञ्जलीसभामा प्रचण्ड जाने


कार्तिक २५, काठमाडौँ । पर्साकाे विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको श्रद्धाञ्लीसभामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ सहभागी हुँनु भएका छन् ।

चौरसियाको श्रद्वाञ्जलीसभा कात्तिक २६ गते बहुअर्वा भाटामा हुँदैछ । नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले चौरसियाको श्रद्वाञ्जलीसभामा प्रचण्ड सहभागी हुने जानकारी दिए ।

‘कमरेड प्रचण्डको सहभागितामा पर्सा जिल्लाको बिन्दावासीनी गाउँपालिकामा नेकपामा पर्सा जिल्ला सदस्य एवं बिन्दवासीनी गाउँपालिका कमिटीका सचिव कमरेड मुकेश चौरसियाको श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ,’ अन्सारीले फेसबुकमा लेखेका छन् ।

गत कात्तिक ६ मा नेकपाको बिन्दावासिनी गाउँपालिकाको सपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडमा गम्भीर घाइते भएका चौरसियाको कात्तिक ७ गते वीरगञ्जको एक अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको थियो । ज्यान गुमाउने नेकपा प्रचण्ड पक्षका हुन भने उनकाे ह त्या गर्ने नेकपा ओली पक्ष हाे ।

घटना भएको हप्ता दिनसम्म पनि प्रशासनले जाहेरी लिन नमान्दा वीरगञ्जलगायत देशैभरी चौरसियाको न्यायको लागि आन्दोलन भयो । चौरसियाको ह त्या आरोपमा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएसँगै चौरसियाको शव अन्त्येष्टी गरिएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार