• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

पाँच हजार रुपैयाँ नतिरेको भन्दै मजदूरलाई ज्यूँदै जलाइयो


Author Logo..
एजेन्सी

कार्तिक २५, काठमाडाैं । भारतको मध्य प्रदेशस्थित गुना जिल्लामा एक मजदूरलाई पाँच हजार रुपैयाँ नतिरेको भन्दै मट्टितेल खन्याएर ज्यूँदै जलाइएको छ।

मानव अधिकारवादीहरुले यो घटनालाई बँधुवा मजदूरीको मामिला भएको बताएका छन् । तर मध्य प्रदेश सरकारले भने उधारो नतिरेकाले यस्तो भएको तर्क गरेको छ।

मजदूरलाई ज्यूँदै जलाएपछि यो घटना त्यहाँको राजनीतिक कोपभाजनमा परेको छ। मुख्यमन्त्री एवम् कांग्रेस नेता शिवराज सिंह चौहानले यस विभत्स ह त्यालाई मृ त्यु बताएपछि प्रतिपक्षीहरु उनीमाथि खनिएका छन् ।

शुक्रबार राति गुना जिल्लाको बमोरी तहसिलको छोटी उखाडवाद खुर्दमा यो घटना भएको थियो ।

बँधुवा मुक्ति मोर्चा, गना जिल्लाका संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षयता राधेश्याम लोधाको खेतमा बँधुवा मजदूर रहेको बताएका छन् ।

विजयलाई लागतार काममा लदाइएको र सो रात उनले राधेश्यामसँग मजदूरी गरेर उनको पैसा तिरिदिने बताएपछि मट्टितेल खन्याएर ज्यूँदै जलाइएको मोर्चाले जनाएको छ।

ह त्यामा संलग्न राधेश्यामलाई प्रहरीले गिरफ्तार गरेको छ।

-एजेन्सी

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार