• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट सुर्य थापाले आफ्नाे प्रशनल कुरा ट्वीट गरेपछि…


कार्तिक २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल दुरुपयोग भएको पाइएको छ ।

‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगबलार असम्बन्धित ट्वीट भएको हो । सो ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि एकाएक ट्वीट हटाइएको छ । पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ ।

यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ । जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।

यद्यपी सोही व्यहोराको ट्वीट आफ्नो ट्वीटर ह्याण्डलबाट पनि गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार