• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपा परित्याग गरि ६१ जना कार्यकर्ता काङ्ग्रेसमा प्रवेश


शिबराज खनाल/दाङ २९। कार्तिक गढवा गाउपालिकामा नेकपा परित्याग गरी ६१जना कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । नेकपाले आमजनता माझ धेरै आस देखाएको तर झुटको खेति गरिरहेको र हाल केन्द्रमा देखिएको कुर्सीमोहले आम जनता झनै स्पष्ट भएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेका हुन । “हामि गलत बाटोमा रैछौ अब सहि बाटोमा आयौ” आमजनताको पार्टी भनेको काङ्ग्रेस नै हो नब प्रबेसि भेख बहादुर गोतामेले भने ।

गढवा गाउँपालिका वडा नं ७ का वडा सह सभापति अमर बहादुर ओली को अध्यक्षता र नेपाली कांग्रेस दांग जिल्ला उपसभापति हिरालाल चौधरी को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी नेताहरु क्षेत्रीय सभापति भेष राज पान्डे , महासमिति सदस्यहरु जानकी लाल बस्नेत, अनुराग यादव, कर्ण बहादुर बुढाथोकी, प्रदिप राज शर्मा, पूर्व महासमिति सदस्यहरु मधु न्यौपाने,अनुप थापा, गाउँ पालिका सभापति बालचन्द्र हमाल,सह-सभापति श्रिपत चौधरी, क्षेत्रीय सल्लाहकार उमाकान्त पन्त, क्षेत्रीय प्रतिनिधि दिनेश गिरी, बिष्णु कुंवर,रेखा थापा, महिला संघकी क्षेत्रीय सभापति खिमा रिजाल, दलित संघका क्षेत्रीय सभापति प्रबल रसाईली, वडा नं ५ का सभापति गुमान सिं गुरुङ, नेपाली काङ्ग्रेसका युबा नेता गोविन्द कुमार ओली, कमला परियार, पूर्व क्षेत्रीय सदस्य उमाकान्त डागीं,तरूणदल नेता शिव कुमार चौधरी, चित्र बहादुर खड्का,दान बहादुर थापा, गोपाल पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस गढवा गाउपालिका सचिव बोट बहादुर चौधरी ले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार