• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

बाबुले छोरालाई चक्कु प्रहार गरी ह’त्या


कार्तिक ३०,काठमाडौ । रुपन्देहीमा एक बाबुले छोरालाई चक्कु प्रहार गरी ह’त्या गरेका छन् ।

गएराति तिलोत्तमा-११ का ४३ वर्षीय शेरबहादुर गुरुङले आफ्ना १९ वर्षीय छोरा पदमबहादुरलाई चक्कु प्रहार गर्दा मृ’त्यु भएको हो ।

चक्कु प्रहारबाट बायाँ खुट्टाको तिग्रामा चोट लागेका पदमबहादुरलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारपछि डिस्चार्ज भई घर पठाइएका उनी पुन : बेहोस भएपछि अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइसक्दा उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

शेरबहादुरलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार