• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

लेकाली अनलाइन चौथो वर्षमा प्रवेश


मंसिर २, सल्यान । लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन तेस्रो वर्ष पार गरेर चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ४ वर्षमा प्रवेश गरेको हो ।

दोस्रो वार्षिकोत्सवको अवसरमा लेकाली अनलाइनले गतवर्ष अन्तरक्रिया कार्यक्रम गरेपनि यो वर्ष कोरोना महामारीको कारण कुनै खुल्ला कार्यक्रम नगर्ने संचालक खकेन्द्र केसीले बताए ।

संक्षिप्तमा लेकाली अनलाइन

आजको दुनिया संचारको दुनिया भइसकेको छ । परेवाको संचार युगदेखी इमेल इन्टरनेटसम्म आइपुग्दा संचार जगतले निकै फड्को मारेको छ । साथै विकसित संचारको दुनियाँमा सिङ्गो विश्व एउटा गाउँजस्तो बनेको छ भने विश्व समुदायको घटना जानकारी एउटा सानो इन्टरनेटको पहुँचबाट क्षणभरमै विश्व बजारमा प्रभाव पार्ने अवस्थामा पुगेको छ ।

संचारका विभिन्न माध्यामहरुमध्ये पछिल्लो समय पत्रपत्रिका, रेडियो, टेलिभिजन हुँदै ‘छिटो र प्रभावकारी मिडिया’को रुपमा परिचित अनलाइन मिडिया निकै लोकप्रिय बनेको छ ।

त्यसकै बिचमा हामीले २०७४ मंसिर २ गतेदेखि नेपालका विभिन्न अनलाइन मिडियाहरुको विचमा पृथक उदेश्य बोकेर देशमा भएका घटनाक्रमलाइ राष्ट्रिय एबम अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने र संचारको दुनियाँमा पाठकलाई सत्य, तथ्य र खोजमुलक समाचार दिने उदेश्यका साथ लेकबेशी मिडिया ग्रुप प्रालीद्वारा संचालित लेकाली अनलाइन नामक न्युज पाेर्टल संचालन गरिरहेका छौं ।

सल्यान जिल्लाबाट संचालित यस अनलाइन मोफसलको तुलनामा पश्चिम नेपालमा लोकप्रिय स्थानमा छ । दैनिक १ लाख भन्दा धेरै पाठकले खोल्ने यस अनलाइनका समाचार सामाजिक संजालमा हजारौं सेयर समेत हुने गर्दछन् । स्थानीय समाचारलाई विशेष प्रथमिकताका साथ प्रकाशित गर्दै आएको यस अनलाइनले देश तथा विदेशका समाचारहरुलाई पनि राम्रो प्राथामिकतामा राखेको छ ।

आफ्नै कन्ट्यानको समाचार लेख्ने यस अनलाइनले गलत कामको विषेश निगरानी गरेर खबरदारी गर्ने गर्दछ । तथ्यमा आधारित रहेर सत्यको खोजी गरि विश्वसनीयताको समाचार लेख्ने हाम्रो मुख्य लक्ष्य हो ।

गलत कामको भण्डाफोर गरेर त्यसको अन्त्यगरी सत्यको बाटोमा लगाउने हाम्रो हाम्रो उद्देश्य हो । देश निर्माणमा एकजुट हुनलाई हाम्रो सधैव प्रण रहनेछ । समसामयिक बिषयमा विश्लेषण र बिभिन्न आम सरोकारका सन्दर्भमा तथ्यपरक कलम चलाउने हाम्रो निरन्तरको प्रयासलाई दैनिक लाखौंं पाठकहरुले चासोपूर्वक हेर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार