• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

विभिन्न पार्टी परित्याग गरि २१ जना कार्यकर्ता काङ्ग्रेसमा प्रवेश


Author Logo..
शिब राज खनाल

शिब राज खनाल/ मंसिर ५, दाङ । 

गढवा गाउपालिका वडा न ६ आटिपाकर सुकुम्बासी टोलमा २१ युबा नेपाली काँग्रेस प्रबेश गरेका छन ।

हाल केहि पार्टिले आमजनता माझ धेरै आस देखाएको तर झुटको खेति गरिरहेको, बिभिन्न बहाना बनाउदै युबाहरुलाइ तिमाल्दै आइरहेको र हाल केन्द्रमा देखिएको पार्टी भित्रकै किचलोले जनतालाइ झुक्याएर कुर्सीमै बस्ने खेलमामात्र रहेको र आम जनता अब उनिहरुको उदस्यमा स्पष्ट भएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेका हुन ।

“हामि गलत बाटोमा रैछौ अब सहि बाटोमा आयौ आमजनताको पार्टी भनेको काङ्ग्रेस नै हो ” नब प्रबेसि सन्दिप अधिकारीले भने ।

पार्टी प्रबेश कार्यक्रममा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेष राज पान्डे, महासमिति सदस्य जानकि लाल बस्नेत, पुर्बमहासमिति सदस्य अनुप थापा, गढवा गाउपालिका इकाई सभापति बाल चन्द्र हमाल,गढवा गाउपालिका उपसभापति कृष्ण राज पान्डे, ट्रेड युनियनका तुल्सिराम भुसाल लगाएतका काङ्ग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण गढवा गाउपालिका उपसभापति कृष्ण राज पान्डेले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार