• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

राेल्पामा जीपको ठक्करबाट दाजुको मृत्यु, बहिनी र नाति गम्भीर घाइते


मंसिर ५, रोल्पा । रोल्पामा जीपकाे ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

जिल्लाको सुनिलस्मृती गाउँपालिका वडा नं. ८ तल्लोपानी स्थित सुलिचौर-अरेश भित्री सडक खण्डमा बुधबार राती पैदल यात्रीलाइ जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।

जिपकाे ठक्करबाट ज्यान गुमाउने सुनिलसमृती गाउँपालिका वडा नम्बर ८ अरेस निवासी ४६ बर्षीय राहुल मगर हुन् । उनको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा राति साढे १ बजेतिर बाटो मै मृ’त्यु भएको हाे ।

त्यस्तै दुर्घटनामा ३५ बर्षीया रिमा पुन र ६ बर्षीय राजेन्द्र पुन घाइते भएका छन् ।  ज्यान गुमाउने राहुल र घाइते रिमा दाजुबहिनी हुन भने राजेन्द्र राहुलका नाति रहेको प्रहरीले बताएको छ ।

घाइते रिमा र राजेन्द्रको बुटवलमा उपचार भइरहेको छ । घाइते मध्य रिमाको अवस्था गम्भीर रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुबेदीले जानकारी दिए । उनीहरुलाई ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार