• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

राप्ती राजमार्ग : हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे, कता हरायो ९८ करोड ?


खकेन्द्र केसी

मंसिर ६, सल्यान ।

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्ड वर्षाेदेखि दयनिय बन्दै गएको छ ।  दैनिक हजारौं सवारी साधन ओहोरदोहोर गर्ने राप्ती राजमार्ग पछिल्लो केहि वर्षयता झन बिग्रदै गएको छ ।

करिब ३० वर्ष अघि ट्याक खोलिएको राप्ती राजमार्ग एक दशक अघि वटाशिल प्रविधिबाट पीच गरिएपनि त्यसपछि स्तरोन्नति नहुँदा जोखिम बन्दै गएको छ ।

राप्ती राजमार्ग पुर्वपश्चिम राजमार्र्ग अन्तर्गत दाङ अमेलियादेखि रुकुमको सल्लेसम्म १ सय किलोमिटर सडक पर्दछ ।

जसको दाङ क्षेत्रमा सडकको अबस्था सन्तोजनक नै भएपनि सल्यान खण्ड र रुकुम खण्ड जिर्ण बनेको छ । दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुमको मुसिकोट सम्म जोडिएको राप्ती राजमार्ग अहिले कालोपत्रे भन्दा बढी खाल्डाखुल्डी देखिन थालेका छन् ।

बेलाबेलामा मर्मतसम्भारका काम भएता पनि गुणस्तरीय ढङ्गले काम नगर्दा ती सबै प्रभावकारी हुन सकेका छैनन । बाटोको अवस्था राम्रो नहुँदा भनेको समयमा गन्तव्यसम्म पुग्न नसकिने, सवारीसाधनलाई पनि निकै असर पर्ने र दुर्घटना हुन सक्ने त्रास लगायतका समस्याहरु झेल्दै यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।


दुर्घटनाको उच्च जोखिम

सडकको अबस्था नाजुक भएकै कारण हालसम्म राप्ती राजमार्गमा सयौं सवारी दुर्घटना भएका छन् भने हजारौं यात्रुले ज्यान गुमाएका छन् । यो सडकमा अहिलेपनि ढुक्क भएर यात्रा गर्न सकिने अवस्था छैन ।

सडक साँघुरो हुनु, ठुला खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विक बताउँछन् ।


हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे

राप्ती राजमार्गमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्रे उत्रिएर धुलाम्य भएको छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ ।

कालोपत्रे उप्किएपछि सडक धुलाम्मे र हिलाम्मे बन्दै गएको छ । स्थानीय सवारी चालक रोशन ओलीले भने, ‘दुई घण्टामा यात्रा गरिने यो बाटोमा अहिले चार घण्टा लाग्न थाल्यो । यहाँ यात्रा गरेपछि धुलोले मान्छे नै चिन्न गाह्रो हुन्छ ।’

‘सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ ।’ उनले भने, ‘यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ ।’

यातायात ब्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए । उनले भने, ‘जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यतिकै मात्रामा रहन्छ ।’

बीचबीचमा टालटुल मात्रै

यो राजमार्गमा गरिएको कालोपत्रे उप्किएपछि कहिलेकाँही टालटुल मात्रै गरिन्छ तर त्यो प्रभावकारीता भने देखिदैन् ।

पछिल्लो समय राप्ती राजमार्गको सल्यान सडक खण्ड अन्तरगत शंकमुल, लान्ती, चैबाङजिउँला, बरला, चाख्लीघाट, बेलाइतीघारी, पटारे, मोख्ला, बागचौर लगाएतका ठाउँमा मर्मतका नाममा टालटुल गरिएपनि महिनादिनमै कालोपत्रे उम्कीएर पुरानै सडकमा परिनत भएको देखिन्छ ।

सडक मर्मतको नाममा करोडौं रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको स्थानीयहरुको भनाई छ । सडकको स्तरउन्नतीमा सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उनिहरु बताउँछन् ।

कता हरायो ९८ करोड

राप्ती राजमार्गको स्तरोउन्नतीको लागि अघिल्लो आर्थिक वर्षमा दुईवटा प्याकेजमा ४९ ÷४९ करोड विनियोजन भएको राजनीतिक दलका नेताहरुले व्यापक प्रचार गरे । तर दुइवर्ष वित्न लाग्दा पनि अहिलेसम्म त्यो रकम कतै देखिएको छैन् ।

आर्थिक बर्ष २०७५/०७६ मा तुलसीपुरबाट सल्यानको सिमाना चोरखोला सम्म ४९ करोड र सल्यानको सिमाना चोरखोला देखि मरिंगालेफेदिसम्म ४९ करोड गरी ९८ करोड बजेट विनियोजन भएको थियो ।

उक्त बजेटले २ प्याकेजमा काम गर्ने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका थिए । जुन रकमबाट दुईलेनको सडक बनाउने उनको भनाई थियो । तर दुईवर्ष बितिसक्ता पनि उक्त बजेट प्रयोगमा आउन सकेन ।

उक्त विनियोजित बजेटबाट एउटा टेण्डर भएर पनि रद्ध भएको र अर्को टेण्डर नै हुन नसकेको अहिले मन्त्री ज्वालाको भनाई छ ।

गत बर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुबर्षिय ठेक्कामा लैजानको लागी वजेट कम भएकाले समस्या भएको उनको भनाई छ । मन्त्री ज्वालाले यस बर्ष वजेट सुनिश्चित भएकाले बहुबर्षिय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनको लागी सडक डिभिजन कार्यालयले टेण्डर आह्वान्न गर्ने बताए ।

के भन्छ सडक डिभिजन कार्यालय

सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतीको लागी आबश्यक प्रक्रिया अगाडी बढाएको जनाएको छ । कार्यालयका प्रमुख निरज शाक्यले ठेक्का ब्यवस्थापनको काम भैरहेको र २ प्याकेजमा काम अगाडी बढाउने तयारी भैरहेको जानकारी दिए ।

उनले चोरखोला देखी सितलपाटीसम्म र सितलपाटी देखी मुसीकोट सम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार