• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान श्रीनगर सहित आसपासका क्षेत्रकाे शिल अवधि थपियाे


मंसिर ६, सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर क्षेत्र सहित त्यस वरपर गरिएकाे शिल अवधी थप गरेकाे छ । यसअघि कार्तिक २३ देखि कार्तिक २९ सम्म पहिलाेपटक र कार्तिक २९ मंसिर ६ गतेसम्म दाेस्राेपटक गरी १४ दिन शिल गरिएकाे थियाे ।

फेरी जिल्ला प्रशासन कार्यालयले तेस्राेपटक सुचना जारी गरेर मंसिर १० गतेसम्मलाइ शिल कायम गर्ने जनाएकाे छ ।

काेराेना संक्रमनको उच्च जोखिममा रहेकोले शारदा नगरपालिकाको वडा नं. १ मा पर्ने श्रीनगर, शान्तिनगर, बेलघारी क्षेत्र, वडा नं. २ मा पर्ने जोगिदेउखोला र वडा नं. ६ को बरला क्षेत्रहरुलाई मंसिर १० गते सम्म सिल गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जनाएका छन् ।

शिल अवधीमा अत्यावस्यक बाहेक कुनै पसल खोल्न तथा हिडडुल गर्न नपाइने सुचनामा उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार