• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

मौनताको ‘आँधी तुफान–२’ मा ‘साहो’का खलनायक साम्भा अनुबन्धित


मंसिर,७ दाङ । मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको फिल्म ‘आँधी तुफान–२’ मा साउथ सुपरस्टार प्रभासको बलिउड फिल्म ‘साहो’ मा सह-खलनायकको रुपमा अभिनय गरिसकेका साम्भालाई मुख्य खल-नायकको रुपमा अनुबन्धित गरिएको छ । लामो समयदेखि नेपाली सिनेमामा सक्रिय मौनताले थुप्रै सिनेमामा स्क्रिप्ट लेखन तथा निर्माण गरिसकेका छन । उनले नेपालि र भोजपुरी गरेरे झन्डै १२५ बढी सिनेमामा स्क्रिप्ट लेखन गरिसकेका छन ।

२०६१ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई मदन घिमिरले निर्देशन गर्नेछन ।  सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन ।

एक दशक पहिले महेन्द्र बुढाथोकीको निर्देशन तथा निर्माणमा एक्सनले भरिएको ‘आँधी तुफान’ मा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने लगायतको मुख्य भूमिका रहेको थियो ।

अहिलेको सिक्वेलमा पछिल्लो समय चलेका कलाकारको अभिनय रहने र फिल्मका लागि निर्माण युनिटले कलाकार छनौट गरेपनि कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर अहिले फिल्मको प्रि प्रोडक्सन काम भइरहेको र केही दिनमै फिल्मका कलाकार समेत सार्वजनिक गरेर सुभ-मुर्हूत गर्ने योजना निर्माण युनिटको रहेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार