आजभोली नेपाल प्रहरीको एउटा मुख्य काम भनेको सडकमा मास्क नलगाएर हिडिरहेका नागरिकहरुबाट पैसा उठाउनु हो । उनिहरुबाट प्रहरीले अवैधानिक तरिकाबाट त पैसा उठाउँदैन, रसिद काटेरै वैधानिक तरिकाले पैसा उठाउँछन् ।
सडकमा मान्छे कुरेर बसेका प्रहरीले दायाँबायाँ अरु केहि सोच्दैनन्, अरु कुनै समस्या बुझ्दैनन् खाली एक सय रुपैयाँको रसिद कटाउनमा तम्सिन्छन् । यदि अलि बढि बोल्ने र पैसा नतिर्ने मान्छे भेटिएमा पुरै कोरोना भाइरसको वैज्ञानिक बनेर सम्झाए जस्तो गरेर पठाउँछन् ।
हु न त प्रहरीले सरकारले बनाएको नियमको पालना मात्रै गरेका हुन् । मास्क नलगाउने मान्छेबाट पैसा अशुल्नु भनेरै सरकारले चोकचोकमा प्रहरी खटाएको छ । प्रहरी संगठन भनेको आदेश मान्ने संगठन हो । उनिहरुलाइ जागिरको मोह छ । जागिर जोगाउन सत्तामा बसेकाहरुको आदेश मान्नुपर्छ ।
अहिले सत्तामा बसेका मान्छेले आफुले पूरै कोरोना भाइरस निर्मुल पारेको जस्तो गरेर आनन्द मानेर बसेका छन् । उनिहरुसँग कोरोना निर्मुल पार्ने अरु कुनै उपाय छैन् । खाली नागरिकलाई ठुलो सास्ती दिने मात्रै सत्तामा बसेकाहरुको उपाय हो ।
गाउँमा एकजनालाई कोरोना देखियो भने उतै शिल गर्न हिड्छन् । परिवारका एक जना सदस्यलाई कोरोना देखिए परिवार सबैलाइ क्वारेन्टाइनमा ल्याएर थुन्छन् । जुन जेलघर भन्दा कम छैन् । यसले गर्दा पनि मान्छेले कोरोना जित्नलाई आत्मबल बनाउँदैन की उल्टै आत्मबल कमजोर बनाउँछ ।
हाे, महामारीमा स्वास्थ्य सुरक्षा अपनाउनु पर्छ । अहिले नियमित हात धुनाले धेरै मानिसहरु स्वस्थ देखिएका छन् । मास्क पनि नियमित लगाउनाले ज्वाराे, रुघाखाेकीका बिरामीहरु कम छन्र । जसले स्वास्थ्यलाइ महत्वपुर्ण काम गरेकाे छ ।
तर कोरोना एउटा तिरस्कृत र घृणित रोग हो भनेर सत्ता संचालकहरुले नै मान्छेको दिमागमा हाउगुजी भरेका छन् । तर आफु आनन्दसँग बसिरहेका छन् । उनिहरुलाई कोरोना संक्रमण भएपनि आरामसँग राज्यको पैसामा सुविधायुक्त महंगा आइसोलेसनमा बसेका हुन्छन् ।
नागरिक भेडाबाख्रा हुन भनेजस्तै गरेर गोठमा थुनेका हुन्छन् । विज्ञ नै नभएकाहरु कोरोना महामारी नियन्त्रणको उच्च स्तरिय समितीमा बसेका छन् । जहाँ स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रको कुनै विज्ञ छैन् । महामारीको निति नियममा सबै उनिहरुकै चल्छ । जे मन लाग्छ त्यहि गर्छन् ।
नेपालमा कोरोना भाइरस प्रवेश गरिसकेपछि सरकारले लकडाउन गर्याे । सुरुसुरुमा घरघरमा गएर एक÷एक वटा मास्क निशुल्क भन्दै वितरण गर्न पनि सत्ता संचालकहरु कस्सीए ।
जसरी लागुऔषधि बेच्नेले सुरुमा फ्रिमा लागुऔषध दिन्छ तर पछि नसामा पसेपछि पैसा अशुल्छन् । त्यसैगरी सरकारले पनि सुरुमा एउटा मस्क निशुल्क दियो र पछि सयौं मास्क किन्नु पर्ने बाध्यकारी नियम बनायो ।
जब नागरिकले मास्क किन्दैनन् तब एक सय रुपैयाँको जरिवाना तिर्नुपर्ने यो नियममा छ ।
घरबाट एकछिन सामान किन्न बजार निस्केकी पल्लोघरकी अन्टी मास्क लगाउन भुलेर चोकमा पुग्छिन् । त्यसपछि उनि प्रहरीको फन्दामा पर्छिन् । मास्क नलगाएको भन्दै प्रहरीले मुखभरीको जवाफ दिन्छन् ।
उनि बोल्नै नसकेर सामान किन्न लिएको पैसा तिरेर फर्किन्छीन् । सायद प्रहरीलाई मुखभरीको गाली मनबाटै गर्छिन होला । प्रहरीलाई यत्ति थाहा छ हामी राज्यको नियम पालना गर्नुपर्छ । कसैलाई पनि छोड्नु हुँदैन् ।
तर यो नियम नै ठिक छैन् । के मास्क नलगाउन मान्छे प्रहरीको नजिकै गएर जरिवाना रसिद काट्दा कोरोना लाग्दैन् र ?
तत्लोघरको ठुलदाई बाइकमा एक्लै मास्क नलगाएर यात्रा गरिरहेको छ भने त्यसले कुनै असर गर्दैन । तर उसलाइ रोकेर आफु नजिकै ल्याएर छुने, रसिद काट्न लगाउने, पैसा लिने झन जोखिम होनि । कम्तीमा यत्ति त सजिलै बुझ्न सकिन्छ नी ।
ठोकुवा गरेर भन्न सकिन्छ मास्क लगाउँदैमा कुनै भाइरस पूर्ण रुपमा निर्मुल हुँदैन् । जतिखेर पनि उहि मास्क लगाउनुले बरु स्वास्थ्यमा भने झन ठुलो असर गर्छ ।
हाम्रो जस्तो अर्धविकसित देशका नागरिकले एउटै सामानले लामो समय सम्म काम चलाउँछन् तर पटकपटक त्यहि समान किन्न सक्दैनन् । नियम पालनाको लागि जतिपटक प्रयोग गरेपनि उहि मास्क मुखमा लगाउँछ । तर त्यसको असरबारे थाहा पाउन उच्च स्तरियमा कोहि विज्ञ छैन् ।
डाक्टरहरुका अनुसार हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन।
यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने डाक्टरहरुले बेलाबेलामा सुझाव दिने गर्दछन् ।
मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्दैन। यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ। त्यस्तै, आज लगाएको मास्क भोलि पनि लगाउन मिल्दैन।
यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ। त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।
त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ। यी विज्ञहरुका सुझाव हुन्र ।
धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका भएकाे डाक्टरहरुकाे भनाइ छ। सधै चारवटा मास्क् बनाउँ । आज एउटा मास्क लगाउँ । त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राखाैं । भोलि फेरि अर्को लगाउँ । त्यसलाई पनि उसैगरी झुन्ड्याएर राखाैं । यसरी चार दिनसम्म चारवटा छुट्टाछुट्टै मास्क लगाउँ ।
पाँचौं दिनमा म पहिलो दिन लगाएको मास्क लगाउँ । यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ। र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सकिन्छ ।