• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

विप्लव नेकपाले सल्यानमा पनि मनायाे ‘पार्टी पुनर्गठन दिवस’


मंसिर ८, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले ७ औँ पार्टी पुनर्गठन दिवस जिल्लाका विभिन्न ठाउँमा मनाएकाे छ । ‘एकिकृत जनक्रान्तिको झण्डालाई उचो पारौं’ भन्ने मुल नारासहित आज देशभर जस्तै नेकपाले सल्यान जिल्लामा पनि पार्टी पुनर्गठन दिवस मनाइएकाे जनाएकाे छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ लाखरमा भएकाे कार्यक्रमलाइ सम्बाेधन गर्दै नेकपाका सल्यान जिल्ला सेक्रेटरी तुफानले पार्टी पुनर्गठन भएको सातौं बर्ष पुगेको र एउटा सच्चा लिडर सहि कार्यदिशा पकडेर एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजवादमा पुग्ने दृढ संकल्प गरेकाे बताए । उनले अझै शसक्त र जनताको वर्गिय मुत्तीका लागि निरन्तर लागिरहने प्रतिवद्दता गर्दै सबै सल्यानी जनतालाइ सातैं पार्टी पुनर्गठन वर्षगाठको शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख अथितिको रुपमा सेक्रेटरी तुफाने अझै पनि दमन, शोषण, छुवाछूत, जातीय विभेद लैंगिक विभेद कायम रहेको र शासकहरुले गरिब निमुखालाई अझैपनि दमनको घेरामा पारिहेको बताए ।

उनले भने, ‘हिजोका घाइते अपांग र सहिदहरुका सपना अब नेपाल कम्युनिस्ट पार्टिले पूरा गर्नेछ । दलाल फाँसिवादी सरकारले हाम्रा कार्यरतालाई गिरफ्तार, दमन, धरपकट गरिरहेकाे छ । हामी त्यसाे नगर्न आग्रह गर्दछाैं ।’ आफुहरुले थालनि गरेकाे क्रान्तीलाइ  सबै देशभत्त  र राष्ट्रप्रेमी समुदायीहरुकाे साथ भएकाे उनकाे भनाइ छ ।

यस्तै कार्यक्रमका अतिथी अखिल क्रान्तिकारी सल्यानका जिल्ला अध्यक्ष प्रभाकरले अहिलेकाे सत्ता जनता र राष्टको हितमा नभएको बताए । उनले देशको भविश्य दुरगती तिरलम्किदै गरेको बताउदै शैक्षिक क्षेत्रमा भएको असमान शिक्षाको अन्य हुनुपर्ने बताए ।

संघर्षकाे अध्यक्षतामा भएकाे कार्यमको संचालन अखिल क्रान्तिकारी सल्यानका सदस्य सुवासले गरेका थिए । कार्यक्रममा नेकपाका जिल्ला सदस्य गौरवको समेत उस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार