• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

बागचाैर पोलिक्लिनिकमा निशुल्क भिडियाे एक्सरे सेवा !


मंसिर ८, सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बजारमा रहेकाे बागचौर पोलिक्लिनिक प्रालिले विगत २ महिनादेखि सम्पुर्ण बिरामीहरुको निशुल्क भिडियो एक्सरे गर्दै आएको छ ।

विभिन्न समयमा निशुल्क शिविर संचालन गर्दै आएकाे बागचाैर पाेलिक्लिनिकले अझै थप ६ महिनासम्म निशुल्क भिडियाे एक्सरे गर्ने जनाएकाे छ । यसअघि पनि जनता मावि बुराँसेमा गएर करिब १५० जना विभिन्न रोगका बिरामीहरुलाई डाक्टरको टोलि सहित निशुल्क शिबिर संचालन गरेको संचालक शारदा ओलीले बताइन् ।

आगामी दिनमा पनि त्यस्ता खालका ठाउँहरुमा गएर शिबिर संचालन गर्ने उनले बताइन् । बागचाैर पालिक्लिनिक विगत २ वर्षदेखि संचालनमा रहेकाे छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार