• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

भाेलीदेखि कक्षा १२ को परीक्षा संचालन, शिल गरिएकाे ठाउँमा पनि परिक्षा नराेकिने


मंसिर ८, सल्यान । भाेली मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। गत वैशाखमा हुनुपर्ने परिक्षा कोरोना महामारीले गर्दा रोकिएको थियो।

परीक्षाका सबै तयारी पूरा भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिन सकिने व्यवस्था बाेर्डले मिलाएकाे छ ।

कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ। अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन्।

यसैबीच सल्यानकाे शितलपाटीलाइ जिल्ला प्रशासनले शिल गरे पनि त्यहाँ रहेकाे शिवजन माविमा भने परिक्षा संचालन हुने भएकाे छ । कक्षा १२ काे परिक्षा राष्ट्रिय परीक्षा बोर्डले बनाउने भएकाेले परिक्षा नराेक्न निर्देशन आएकाेले परिक्षा संचालन गरिने प्रधानध्यापक हिरालाल नेपालीले बताए ।

शिवजन माविमा मात्रै साेहि विद्यालयका ३ सय ६९ जना र अन्य विद्यालयबाट यहाँ परिक्षाकाे लागि सिप्ट भएका २३ जना विद्यार्थी रहेका छन् । सामाजिक दुरि कायम गरि एउटा बेन्चमा एक जना बस्ने गरी व्यवस्था मिलाइएकाे प्रअ नेपालीले बताए ।

शिवजन माविमा आधा विद्यार्थी स्थानीय भएकाे र आधाभन्दा बढि विद्यार्थी स्थानीयभन्दा बाहिरकाे भएकाेले सितलपाटी शिल गरिएकाे अवस्थामा उनिहरुलाइ समस्या देखिएकाे छ । अहिले काेहि लुकिछिपि हाेटलमा र आफन्तकाेमा बसेर समस्या समाधान गर्न लागिपरेकाे बताइएकाे छ ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुनेछ ।

हेर्नुहाेस समय तालिका 

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार