मंसिर ९, सल्यान ।
स्थानीयमा कोरोना संक्रमण देखिएपछि सल्यानको सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ ।
आज मंसिर ९ गतेदेखि मंसिर १५ गतेसम्म खलंगा बजार शिल गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका वडा नम्बर २ डाँडागाउँ बजारको जोरपिपलदेखि खलंगा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्रहरु, खलंगा बसपार्कदेखि नेपाल बैंक लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्रहरु सिल गरिएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
शिल अवधिमा अत्यावश्यक सेवा खाद्यन्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै पसल व्यावसाय, होटल, नागरिकका घरहरु पूर्ण रुपले सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।
मंसिर ५ गते संकलन गरिएको स्वावको परिक्षण गर्दा स्थानीय नागरिक र कर्मचारी गरि १० जनामा कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ ।