• २०७९ चैत्र ११ गते शनिवार
  • Preeti To Unicode

आज एकैदिन सुनकाे मुल्य ह्वात्तै घट्याे


मंसिर ९, काठमाडौं । सुनको भाउ आज एकैदिन ह्वात्तै तोलामा १८ सय घटेको छ ।

हिजो ९४ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो ९३ हजार ८ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ पनि आज ९२ हजारमा झरेको छ। चाँदी पनि तोलामा ३० रुपैयाँ सस्तो भएको छ।

हिजो १२ सय १० रुपैयाँ तोला रहेको चाँदी आज ११ सय ८० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार