• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

सल्यान खलंगाकाे शिल : नागरिकका घर खाेल्न नपाइने, सरकारी कार्यालय खाेल्न पाइने !


मंसिर ९, सल्यान । 

आज मंसिर ९ गतेदेखि मंसिर १५ गतेसम्म एक साताका लागि सल्यान सदरमुकाम खलंगा बजार शिल गरिएको छ । मंसिर ५ गते संकलन गरिएको स्वावको परिक्षण गर्दा यहाँका स्थानीय नागरिक र कर्मचारी गरि १० जनामा कोरोना संक्रमण देखिएकोले शिल गरिएकाे जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जारी गरेकाे सुचनामा शिल अवधिभर नागरिकका घरहरु खाेल्न नपाइने र सरकारी कार्यालयहरु खाेल्न पाइने उल्लेख गरिएकाे छ ।

सुचनाअनुसार शिल अवधिमा सबै पसल व्यावसाय, होटल, नागरिकका घरहरु पूर्ण रुपले सञ्चालन गर्न नपाइने जनाइएकाे छ ।

याे नियम शारदा नगरपालिका वडा नम्बर २ डाँडागाउँ बजारको जोरपिपलदेखि खलंगा बजार मिलन होटल पूर्वका सम्पूर्ण क्षेत्रहरु, खलंगा बसपार्कदेखि नेपाल बैंक लिमिटेड पूर्वका सम्पूर्ण क्षेत्रहरुमा लागु हुने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

शिल भएकै दिन जिल्ला प्रशासन कार्यालय सल्यानमा भएकाे भीड

त्यस्तै शारदा नगरपालिका वडा नम्बर २ काे कार्यालय र नेपाल रेडक्रस साेसाइटीकाे कार्यालय बाहेक अरु सबै सरकारी कार्यालय खुल्ला गर्ने प्रशासनले जनाएकाे छ ।

खलंगामा झण्डै एक दर्जन बढि सरकारी कार्यालयहरु रहेका छन् । सुचनाअनुसार ति सबै खुल्ला हुनेछन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु, संचार सम्बन्धि सेवा दिने संस्थाहरु र स्वास्थ्य सेवा बन्द नगर्ने पनि सुचनामा उल्लेख छ । अत्यावश्यक सेवा खाद्यन्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म डेढ घण्टाकाे लागि खुल्ला रहने पनि प्रशासन कार्यालयले जनाएको छ ।

शिल भएकै दिन नापी कार्यालय सल्यानमा भएकाे भीड

हेर्नुहाेस सुचना

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार