• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

विप्लव नेकपाकाे ‘पार्टी पुनर्गठन दिवस’ बाजुरा कारागारभित्रै भव्य रुपमा मनाइयाे


Author Logo..
पत्रपत्रिका

मंसिर ९, बाजुरा ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर ७ औँ पार्टी पुनर्गठन दिवस मनाएको छ । ‘एकिकृत जनक्रान्तिको झण्डालाई उचो पारौं’ भन्ने मुल नारासहित सोमबार देशभर पार्टी पुनर्गठन दिवस मनाइएको हो ।

यसैबीच नेकपाकाे पार्टी पुनर्गठन दिवस जिल्ला कारागार बाजुरामा पनि मनाइएको समाचार उक्त पार्टीकाे मुखपत्र इ-राताेखबरले लेखेकाे छ । इ-राताेखबरकाअनुसार जिल्ला कारागार भित्र रहेका नेकपा विचार आस्थावान बन्दीहरुले औपचारिक कार्यक्रम गरेरै दिवस मनाएका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य चुडामणी ओली (आदर्श)ले माओवादी युद्वलाइ प्रचण्डल शान्ति सम्झौतामा ल्याएर दलाल संसदीय व्यवस्थामा बेचेको आरोप लगाए । अहिले माओवादीको देहि हिस्सालाइ प्रचण्डले एमालेलाइ बुझाएको समेत उनले आरोप लगाएका छन् ।

प्रचण्ड माओवादी आन्दोलनको उद्देश्य विपरित गएपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्सा आएको भएपनि वैद्यले स्पीडमा काम गर्न नसकेपछि विप्लवको नेतृत्वमा २०७१ साल मंसिर ८ गते नेकपा गठन गरिएको उनले बताए ।

कम्युनिस्टको नाम लिएर केपी र प्रचण्डले बदनाम गरे

कार्यक्रममा बोल्दै नेता आदर्शले केपी ओली र प्रचण्डले कम्युनिस्ट पार्टीको नाम लिएर बदनाम गरेको बताएका छन् । लोकतान्त्रको नाममा शहिदरुको नगत नसुक्दै, घाइतेहरुका घाउ निको नहुँदै केपि र प्रचण्डले अपराधिक क्रियाकलाप गरेको उनले बताए ।

उनले भने, ’अहिलेका नेता कार्यकर्ताको आफ्नै जीवनकालमा भएको झापा आन्दोलन, जनयुद्ध र ०६२र०६३ सालको जनआन्दोलनको प्रत्यक्षदर्शी हुँदाकै अवस्थामा केपी र प्रचण्डले कुनैपनि जनतालाई, कार्यकर्तालाई र क्रान्तिकारीहरुलाई गिरफ्तार गर्ने, धरपकट गर्ने, गोली हान्ने, झुट्टा मुद्दा लगाउने, आर्थिक क्षेती गर्ने जस्ता अपराधीक क्रियाकलाप गर्दै आएका छन् ।’ त्यसको छानवीन र कारबाही उचित समयमा आम जनसमुदायीबाट हुने उनको भनाइ छ ।

त्यस्तै एमसिसि पास गरेर सरकारले राष्टघात गर्न लागेको समेत उनले उल्लेख गरे । सिमा सुरक्षाको बारेमा केपी सरकारले चुकेको समेत उनको भनाइ छ । केपी र प्रचण्ड कम्युनिस्टका नाममा पुँजिवादतिर गएको नेता आदर्शले बताए ।

सरकारले कैदीहरुलाइ ठुलो अपराध गर्याे

त्यस्तै कैदीबन्दीहरुको समस्याको विषयमा बोल्दै नेता आदर्शले सरकारले कैदीहरुलाइ ठुलो अपराध गरेको बताएका छन् । सरकारले दिएको प्रतिदिन ७ सय ग्राम चामल र ६० रुपैयाँले कुनै पनि हालतमा कैदीले जीवन चलाउन नसक्ने उनले बताए ।

देशभरका जेलहरुमा प्रशासन सँग मिलेर चौकिचार र नाईकेले मानसिक, शारीरिक र आर्थिक यातना दिने गरेको उनको भनाइ छ ।आर्थिक सोशनमा टेलिफोन कल गर्दा २ देखि ५ रुपैयाँ लिने वा त्यो भन्दा बढी शुल्क नाइकेहरुले लिने गरेको उनले बताए ।

बाजुरा जेलमा भने नेपाल टेलिकमबाट सोहि कलमा गर्दा १ रुपैमा मात्रै शुल्क बनाइएको र आम्दानी सबै बन्दीहरुको साझा बनाइएको उनले बताए । यो नेपालको सबैभन्दा उत्कृष्ट काम भएको उनको भनाइ छ ।

त्यस्तै इमर्जेन्सी बिरामीलाई प्रत्येक जेलमा व्यवास्ता गरिने गरेको उनले बताए । उनले भने, ’देशैभरीका कैदिबन्दी र थुनुवाको स्वास्थ अवस्था निकै कमजोर छ । अझ विकट जिल्लाका कैदीबन्दी वा थुनुवाहरु सुविधाजनक अस्पताल नहुँदा निकै कस्टपुर्ण स्थितिमा बाँच्नु परेको छ । यसमा अहिलेको केपी सरकारको कुनै ध्यान छैन् ।’

अम्मलाल थापा आशिषको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य आदर्श, त्यस्तै धर्मराज सुनार, राजेश कुमार शाही आकाश, डबल बहादुर नेपाल, उदय कसेरा, विजय हमाल, कृष्णराज गिरी लगाएतले मन्तव्य राखेका थिए । डम्बर बहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गोरखराज गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार