• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

मलेसियामा सल्यानका रावतकाे सुतेकै अवस्थामा मृत्यु


मंसिर ९, सल्यान । वैदेशिक रोजगारको शिलशिलामा मलेसिया गएका सल्यानका एक युवाकाे मलेसियामा मृ त्यु भएको छ ।

मलेसियामा सुरक्षागार्डमा कार्यरत सल्यानकाे बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ७ गैरिकटेरी निवासी ४२ बर्षिय पूर्ण सिंह रावतको राती सुतेकै अवस्थामा मृ त्यु भएको हो ।

रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए ।

नेपाली समय मंसिर ४ गते बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकुशल नै सुतेका पुर्न सिंह रावत राती मृ त अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले बताए ।

मृ तक रावतको राती सुतेको बेला नियमितजसो घुर्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा शँका लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ३ बजेतिर उठाउन खोज्दा नउठे पछि मृ त्यु भएको अवस्थामा फ़ेला पारेको बताए।

रोजगारदाता कम्पनीको सहयोगमा मृ तक पुर्नको श व पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरेर मृ तकको श,व नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार