• २०७७ माघ ३ गते शनिवार
  • Preeti To Unicode

पाँच वटा गोली लागेकाे अवस्थामा दाङमा एक युवक फेला


मंसिर ११, दाङ । दाङमा गोली लागेको अवस्थामा एक जना घाइते फेला परेका छन्।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको छ।

पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका वडा नम्बर ९ च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको डिएसपी सिंहले बताए।

घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारपछि थप उपचारका लागि भारतकाे लखनाै लगिएकाे छ। पौडेललाई कसले गोली हानेको हो भन्ने खुलेको छैन ।

प्रहरीकाअनुसार पाैडेलले घाइते हुनेवित्तीकै छोरालाई फोन गरेका थिए । छोराको फोन नउठेपछि उनले गाउँलेलाई फोन गरेर गाउँको सहयोगमा नेपालगंज उपचारका लागि लगिएकाे थियाे ।

गाउँले त्यहाँ पुग्दा घाइते बोल्न नसक्ने अवस्थामा थिए । डिएसपी सिंहले भने–’हामीलाई उतैबाट जानकारी आएकाले अनुसन्धानमा गएराति देखिनै खटेका छौ । वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ’ उनी वन्यजन्तु शिकार गर्न भनेर गएको हुन सक्ने प्रहरीकाे आशंका छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार